सुनसरीमा वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

हिमाल प्रेस १२ भदौ २०८२ १६:३१ | Thursday, August 28, 2025
सुनसरीमा वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

इटहरी– सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

थापा विरुद्ध शरीर अंगभंगको फौजदारी अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेपछि जिल्ला अदालत सुनसरीको आदेशमा साउन २० गते पक्राउ पुर्जी जारी गरिएको हो।

२०८१ साल फागुन २२ गते थापा स्वयंले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन्। लामो उपचारपछि डिस्चार्ज भए पनि उनी हाल अशक्त अवस्थामा छिन्।

फौजदारी मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू स्वतः निलम्बन हुने कानुनी प्रावधान छ। तर, थापाले भदौ ८ गतेसम्म वडाको कामकाज नियमित गरेका थिए। त्यसपछि उनले वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार भएका छन्।

सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार वडाध्यक्ष थापा फरार रहेकाले उनको खोजीमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: १२ भदौ २०८२ १६:३१ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast