भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

हिमाल प्रेस ९ भदौ २०८२ १९:२९ | Monday, August 25, 2025
भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

काठमाडौँ– नेपालको औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गरेकी छन्।

उनलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गरेका थिए। उनले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूर्तिकलाको अवलोकन गरेकी थिइन्।

यसअघि उपराष्ट्रपति सुआनले बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गरिन्। उनलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गरेका थिए।

उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आएकी हुन्। भ्रमणका दौरान उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेकी थिइन्।

उनले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् भने परराष्ट्रमन्त्री आरजु राणा देउवाले उनीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्।

नेपाल भ्रमण सम्पन्न गरी उनी सोमबार राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: ९ भदौ २०८२ १९:२९ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast