कैलाली कारागारका एक थुनुवाको मृत्यु

हिमाल प्रेस ९ भदौ २०८२ १७:४८
14
SHARES
कैलाली कारागारका एक थुनुवाको मृत्यु प्रतीकात्मक तस्बिर।

कैलाली– कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए। उनले मृत्युको कारण भने खुल्न नसकेको बताए।

मृतक जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ।

प्रकाशित: ९ भदौ २०८२ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast