‘बेहुली फ्रम मेघौली’ का निर्देशकले ‘जिरो डिग्री’ बनाउने, मुख्य भूमिकामा विजय

हिमाल प्रेस ९ भदौ २०८२ ११:३१ | Monday, August 25, 2025
‘बेहुली फ्रम मेघौली’ का निर्देशकले ‘जिरो डिग्री’ बनाउने, मुख्य भूमिकामा विजय

काठमाडौँ- ‘बेहुली फ्रम मेघौली’ का निर्देशक साजन काफ्ले र आकाश बरालले ‘जिरो डिग्री’ बनाउने भएका छन्। सोमबार एक पोस्टर सार्वजनिक फिल्मको घोषणा गरिएको हो।

पोस्टरमा मध्य भागमा डीप फ्रिजको चित्र छ, जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन्। पाेस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्।

फिल्मकाे कथा सडक नभएको गाउँमा बाआमाको निधन हुँदा विदेशमा रहेका छोराछोरी आउने समयसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित रहने निर्माण टिमले जनाएको छ।

फिल्ममा एउटा फ्रिज गाउँसम्म पुर्‍याउने प्रसंग मात्र नभएर लाइट कमेडी कथा पनि रहेको निर्देशकले बताए। उनका अनुसार फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्। फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्।

फिल्म मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने उल्लेख छ। फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन्। यही वर्ष तिहारपछि फिल्मको छायांकन सुरु गर्ने टिमको तयारी छ।

प्रकाशित: ९ भदौ २०८२ ११:३१ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast