कोशी राजमार्गको हुङ्गुङ खण्डमा पहिरो जाँदा तीन दिनदेखि आवागमन अवरुद्ध

हिमाल प्रेस ७ भदौ २०८२ १९:५४ | Saturday, August 23, 2025
कोशी राजमार्गको हुङ्गुङ खण्डमा पहिरो जाँदा तीन दिनदेखि आवागमन अवरुद्ध फाइल तस्बिर।

खाँदबारी – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ। खाँदबारीबाट किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोले पूर्ण रूपमा ठप्प बनेको हो।

उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरसहित ढुङ्गा, माटो र झाँडी मिसिएको ठूलो पहिरो खसेको छ।

‘सडक निर्माणाधीन भएकाले पहिरो पन्छाउन उपकरण प्रयोग गर्न सक्ने अवस्था छैन। भिरालो भूभाग हुनुका साथै लगातारको वर्षाले पहिरो पन्छाउने काम चुनौतीपूर्ण भएको छ,’ उनले बताए।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ। तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु समस्यामा परेका छन्।

गुरुङले वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो ठूलो र जोखिमपूर्ण भएकाले सडक कहिलेदेखि सञ्चालन हुने यकिन भन्न नसकिने बताए। प्राविधिक टोलीले पहिरो पन्छाउने प्रयास जारी राखेका बताउँदै उनले तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना भने नदेखिएको जानकारी दिए।

प्रकाशित: ७ भदौ २०८२ १९:५४ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast