वीरगन्जबाट साउनमा ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ करोडको निर्यात

हिमाल प्रेस ७ भदौ २०८२ १२:२६
4
SHARES
वीरगन्जबाट साउनमा ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ करोडको निर्यात वीरगञ्ज

पर्सा- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्।

जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँले बढी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब छ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्षको साउनमा यो नाकाबाट हुने निर्यात बढेको छ। चालु आवको साउनमा आठ अर्ब ४५ करोड रुपैयाँको सामान विभिन्न मुलुकमा निर्यात भएको छ।

गत आवको साउनमा तीन अर्ब पाँच करोड रुपैयाँको मात्रै सामान निर्यात भएको थियो। कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

आव २०८१र८२ को साउनमा १५ अर्ब ९२ करोड रुपैयाँको राजस्व संकलन भएको थियो। रासस

प्रकाशित: ७ भदौ २०८२ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast