खुल्यो त्रिभुवन राजपथ, खुलेन कान्तिपथ

हिमाल प्रेस ७ भदौ २०८२ १२:१४
18
SHARES
खुल्यो त्रिभुवन राजपथ, खुलेन कान्तिपथ

काठमाडौँ-  हेटौँडा-काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक खण्डमा खसेको पहिरो पन्छाएपछि गाडी चल्न थालेका छन्। मकवानपुरको भीमफेदी गाउँपालिका-१ बागझुरामा गिट्टी बालुवासहितको भलपानीको कारण गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडकमा दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

यता हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक भने अझै अवरुद्ध छ। सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडकमा गाडी सञ्चालन हुने प्रहरी नायब उपरीक्षक अर्यालले बताए। रासस

प्रकाशित: ७ भदौ २०८२ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast