काठमाडौँ- संखुवासभा केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।
संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर १५ मिनेट जाँदा ४.४ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ।
यो भूकम्पको धक्का संखुवासभासँगै आसपासका केही जिल्लामा महसुस गरिएको छ। भूकम्पले भौतिक वा मानवीय क्षति गरेको विवरण प्राप्त भएको छैन।
प्रकाशित: ७ भदौ २०८२ ६:४६ | Saturday, August 23, 2025
प्रतिक्रिया





