कुशेऔँसीका दिन यी स्थानमा पर्ने छ भारी वर्षा, सचेत रहनुहोस्

हिमाल प्रेस ७ भदौ २०८२ ६:४३ | Saturday, August 23, 2025
कुशेऔँसीका दिन यी स्थानमा पर्ने छ भारी वर्षा, सचेत रहनुहोस् फाइल तस्बिर

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास अवस्थित छ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिएको महाशाखाले जनाएको छ। शनिबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको छ।

दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

साथै पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी प्रदेशको तराइको भूभाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानहरूमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार राति मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

राति नै मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका पहाडी र र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रकाशित: ७ भदौ २०८२ ६:४३ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast