आफूलाई लागेको कुरा नै ठीक भन्ने प्रवृत्ति बढेको छ : सभामुख

हिमाल प्रेस ६ भदौ २०८२ १५:३९ | Friday, August 22, 2025
आफूलाई लागेको कुरा नै ठीक भन्ने प्रवृत्ति बढेको छ : सभामुख फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनमा देखिएका चूनौतिको विश्लेषण गर्ने समय आएको बताएका छन्।

शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको संघीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताएका हुन्।

अहिले आफूलाई लागेको कुरा नै ठीक भन्ने प्रवृति बढेको भन्दै यसका कारण प्रतिफल दिन गाह्रो हुने उनले बताए। सभामुख घिमिरेले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरुप मौलिक अभ्यास भएकाले यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने समेत बताए।

संघीयता कार्यान्वयनमा देखिएका चूनौतिलाई अन्तराष्ट्रिय अभ्यासका साथै नेपालको मौलिक अनुभवका आधारमा समाधान खोज्नुपर्ने उनको भनाइ छ। उनले प्रशासकीय संरचनामा देखिएको केन्द्रीकृत सोच, कर्मचारी व्यवस्थापन जस्ता जटिलताहरु सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सभामुख घिमिरेले प्रतिष्ठानद्वारा प्रकाशित नेपालको संघीय शासन प्रणाली ः आयाम र अभ्याससम्बन्धी दोस्रो श्रंखला पुस्तकको बिमोचन गरेका थिए।

प्रकाशित: ६ भदौ २०८२ १५:३९ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast