नाटक ‘खमारी’ भदौ १९ देखि मञ्चन हुने

हिमाल प्रेस ५ भदौ २०८२ १२:२१ | Thursday, August 21, 2025
12
SHARES
नाटक ‘खमारी’ भदौ १९ देखि मञ्चन हुने

काठमाडौँ- मणि के. राईको परिकल्पना र निर्देशनमा नाटक ‘खमारी’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित मण्डला थिएटरमा यही भदौ १९ देखि मञ्चन हुन लागेको हो।

‘खमारी’ ले प्रकृति र सभ्यताको कथा बोल्ने निर्देशक राईले बताए। ‘यो नाटक एउटा रूख र एक बालकबीचको निः स्वार्थ प्रेम र यात्राको मौन कथा हो’, उनले भने ‘मानव समुदायका लागि प्रकृति र सभ्यताको महत्वलाई नाटकले दर्शाउँछ।’ उनका अनुसार नाटक शारीरिक अभिव्यक्ति (मौन संवाद) बाट प्रस्तुत गरिनेछ। जसमा नृत्यलाई प्राथमिकता दिइएको उनले बताए।

नाटकमा प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देविका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर, रञ्जना नेपाली र साैजन सेनेहाङले अभिनय गर्नेछन्।

भदौ २९ सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन दिउँसो ४ः३० बजे र शनिबार दिउँसो १२ः३० बजे मञ्चन हुनेछ। जयराम ढकाल निर्माता रहेको नाटक एक थिएटर नेपालको प्रस्तुतिमा बनेको हो।

प्रकाशित: ५ भदौ २०८२ १२:२१ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast