पुवा खोलाको बेलिब्रिज सञ्चालनमा

हिमाल प्रेस ४ भदौ २०८२ १८:५६ | Wednesday, August 20, 2025
पुवा खोलाको बेलिब्रिज सञ्चालनमा

काठमाडौँ- मेची राजमार्गअन्तर्गको इलामस्थित पुवा खोलामा निर्माण सम्पन्न भएको ‘मोडुलर बेलिब्रिज’ को बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका छन्।

गत असोजमा आएको बाढीले बेलीब्रिज बगाएपछि निर्माण गरिएको ४८.८ मिटर लामो बेलीब्रिज मन्त्री दाहाल र राजदूत श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

बाढीले क्षति पु¥याएका सडक पूर्वाधारहरूको पुनर्निर्माणका लागि भारत सरकारले अनुदानअन्तर्गत १० वटा ‘प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज’ नेपाललाई उपलब्ध गराएको थियो। ती १० पुलमध्ये पुवा खोला एक हो।

पुवा खोला बेलीब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको र संरचना निर्माण तथा जडानको काम नेपाल सरकारले गरेको सडक विभागले जनाएको छ।

प्रकाशित: ४ भदौ २०८२ १८:५६ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast