समानान्तर बनाएका समाजवादी युवा संघका सञ्जीवलाई सोधियो स्पष्टीकरण

हिमाल प्रेस ४ भदौ २०८२ ९:५९ | Wednesday, August 20, 2025
समानान्तर बनाएका समाजवादी युवा संघका सञ्जीवलाई सोधियो स्पष्टीकरण

काठमाडौँ- संस्थापकसँग असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि बढाएका नेकपा एकीकृत समाजवादी निकट युवा संघका नेता सञ्जीव राईलाई स्पष्टीकरण सोधिएको छ। संस्थापक पक्षका अनुशासन आयोगले उनीमाथि लिखित स्पष्टीकरण पेस गर्न अनुरोध गरेको छ।

आयोगका अध्यक्ष विकल के।सी।ले भाद्र ३ गते जारी गरेको पत्रमार्फत तीन दिनभित्र जवाफ दिन आग्रह गरेका हुन्।

पत्रअनुसार गत चैत १७ गते तत्कालीन इन्चार्ज लक्ष्मण के।सी।को सिफारिसमा नयाँ राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरी अपानी जारी गरेको थियो। सोही समितिमा सञ्जीव राईलाई सह–संयोजक तोकिएको आयोगले स्पष्ट गरेको छ। समाजवादीमा अहिले अध्यक्ष माधव नेपाल समूह र सम्मानित नेता झलनाथ खनाल समूह छ।  समानान्तर गतिविधि बढाएका राई खनाल पक्षीय हुन्।

प्रकाशित: ४ भदौ २०८२ ९:५९ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast