भृकुटीमण्डपमा नाडा अटो शो सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

हिमाल प्रेस ३ भदौ २०८२ १३:२७
12
SHARES
भृकुटीमण्डपमा नाडा अटो शो सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँ- आजदेखि काठमाडौँको भृकुटीमण्डपमा १७औँ नाडा अटो शो सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला सुरु भएको हो।

८ गतेसम्म चल्ने शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अध्यक्ष करण चौधरीले यसपटक केही नयाँ आकर्षण थप्ने कोशिस गरेको जानकारी दिए।

शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने उनले बताए। त्यस्तै, नाडा र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेसन निर्माण भइरहेको बताउँदै उनले चाँडै पूर्वाधारको समस्या हल हुने बताए। शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्ट्सपुर्जाहरुसम्म प्रदर्शन गरिएका छन्।

प्रकाशित: ३ भदौ २०८२ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast