देउवा र मिसरीबीच नेपाल-भारत सम्बन्धबारे छलफल

हिमाल प्रेस १ भदौ २०८२ १६:३५
16
SHARES
देउवा र मिसरीबीच नेपाल-भारत सम्बन्धबारे छलफल

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न भारतीय परराष्ट्र मन्त्रालयका सचिव विक्रम मिसरी देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। भेटपछि सभापति देउवाले छलफल नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ र बहुआयामिक बनाउन केन्द्रित रहेको जानकारी दिएका छन्।

काठमाडौँमा आइतबार उत्रिएका सचिव मिसरी राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए।

भेटपछि देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज भारतीय परराष्ट्र सचिव विक्रम मिसरीलाई मेरो निवासमा स्वागत गर्न पाउँदा हर्षित छु। हाम्रो छलफल नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ र बहुआयामिक बनाउन केन्द्रित रह्यो, जुन आपसी विश्वास, सद्भावना र हाम्रो क्षेत्रको समृद्धि तथा स्थायित्वप्रतिको साझा आकांक्षामा आधारित छ।’

प्रकाशित: १ भदौ २०८२ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast