राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : लिङ्देन

हिमाल प्रेस १ भदौ २०८२ १५:५३ | Sunday, August 17, 2025
राजनीतिलाई पैसा कमाउने माध्यम नबनाऔँ : लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन्।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौँमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हुन्।

उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने उल्लेख गरे।

लिङ्देनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको दाबी गरे।

उनले नेपालमा भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरु विदेशीन नपर्ने गरी स्वदेशमा परिचालन गर्न सकिने धारणा राखे।

उनले पार्टीले लिएको उदेश्यमा एकजुट भएर लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए।

प्रकाशित: १ भदौ २०८२ १५:५३ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast