आर्थिक वर्षको एक महिनापछि इटहरी उपमहानगरको बजेट पारित

हिमाल प्रेस ३१ साउन २०८२ २०:२२
8
SHARES
आर्थिक वर्षको एक महिनापछि इटहरी उपमहानगरको बजेट पारित

इटहरी- आर्थिक वर्ष सुरु भएको एक महिनापछि इटहरी उपमहानगरपालिकाले वार्षिक बजेट पारित गरेको छ। उपमहानगरले आव २०८२/०८३ का लागि कुल दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट पारित गरेको हो। उपप्रमुख संगीताकुमारी चौधरीले पेस गरेको बजेट शनिबार सर्वसम्मत रूपमा पारित भएको छ।

जसअनुसार चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत वित्तीय व्यवस्थापनअन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.३५ प्रतिशत र पूँजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात् कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको छ।

नगरबासीको मागबमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन्।

जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ। यस्तै, इटहरीको सर्वांगीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनामै समेटिएको छ।

प्रकाशित: ३१ साउन २०८२ २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast