मानव-वन्यजन्तु द्वन्द्व घटाउन वनमा पोखरी निर्माण

हिमाल प्रेस ३० साउन २०८२ ७:४१ | Friday, August 15, 2025
मानव-वन्यजन्तु द्वन्द्व घटाउन वनमा पोखरी निर्माण

तनहुँ- वनमा पानीको स्रोत मासिँदै गएपछि मानव वस्तीमा वन्यजन्तु आउन थालेपछि डिभिजन वन कार्यालयले वन्यजन्तुका लागि पोखरी निर्माण गरेको छ। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनअन्तर्गत उक्त कार्यालयले जिल्लाका आठ वटा सामुदायिक वनमा पोखरी निर्माण गरेको हो।

वन अधिकृत काशीराज पण्डितका अनुसार गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका-३ स्थित सिद्धबतासन सामुदायिक वन, देवघाट गाउँपालिका-४ को आमडाँडा मोहोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिका-३ को जनशक्ति सामुदायिक वन, सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बराहसेनी सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका-२ स्थित तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका-२ को सिद्धथान सामुदायिक वन, भिमाद नगरपालिका-४ मा अवस्थित मसुरेगैरा सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो।

पोखरी निर्माणका लागि प्रतिसामुदायिक वन रु एक लाख प्रदान गरिएको उनले जानकारी दिए। एक लाखको लागतमा भानु नगरपालिका-९ स्थित वागीश्वरी सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ।

प्रकाशित: ३० साउन २०८२ ७:४१ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast