राहत शिक्षकको योगदानको सम्मान गर्न सरकारलाई पूर्वमहासचिव बजगाईंको आग्रह

हिमाल प्रेस ३० साउन २०८२ ७:१७
462
SHARES
राहत शिक्षकको योगदानको सम्मान गर्न सरकारलाई पूर्वमहासचिव बजगाईंको आग्रह

काठमाडौँ- नेपाल राहत शिक्षक केन्द्रीय समितिका पूर्वमहासचिव कुमार बजगाईंले शिक्षक र विद्यालय कर्मचारीलाई ‘तेस्रो दर्जाका नागरिक’ जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्। बजगाईंले शुक्रबार शिक्षकको क्षमता र योगदानलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्न माग गरे।

उनले सरकार, सांसद  र नीति निर्माताले शिक्षकको योग्यता र श्रमलाई मूल्यांकन गर्नुपर्ने बताए। उनले भने,‘पहिले आफैँको योग्यता हेरौं अनि मात्र शिक्षकको क्षमतालाई प्रश्न गरौं।’

उनका अनुसार राहत, बाल विकास, साविक उच्च मावि, विद्यालय कर्मचारी, विशेष शिक्षक, प्रविधिक धार, अनुदानसहितका करिब ४२ हजार स्थायी अस्थायी शिक्षकको रोजगारी खोस्ने अधिकार कसैलाई छैन।

‘हामीले तपाईंहरूको पैतृक सम्पत्ति मागेका होइनौं, भ्रष्टाचारबाट आर्जित रकम मागेका होइनौं, विदेशी सहायता मागेका होइनौं, केवल १० देखि ४ बजेसम्मको शिक्षण श्रमको उचित मूल्य मात्र मागेका हौं,’ उनले भने।

बजगाईंले शिक्षकले विगत २० वर्षदेखि देशको शिक्षामा जीवनको ऊर्जाशील समय खर्चेको स्मरण गराउँदै तिनको अधिकार हनन गर्ने प्रयास नगर्न चेतावनी दिए। ‘तानाशाहहरूको अन्त्य सधैँ दुःखद हुन्छ, गुरुलाई हेप्दा त्यसको परिणाम बेपर्वाह नमानौं,’ उनले भने।

प्रकाशित: ३० साउन २०८२ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast