रवि लामिछानेलाई स्थानान्तरण नगर्नु दुःखद् : केसी

हिमाल प्रेस २७ साउन २०८२ १६:१२
26
SHARES
रवि लामिछानेलाई स्थानान्तरण नगर्नु दुःखद् : केसी

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेल स्थानान्तरणको आग्रह अस्वीकार हुनु दुःखद् भएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता केसीले अदालतले स्थानान्तरणको अनुमति दिँदादिँदै राज्यले अस्वीकार गर्नु गलत रहेको बताएका हुन्।

‘कसैप्रति पनि कानुनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्रीलाई अदालतको आदेशपछि पनि स्थानान्तरण नगर्नु दुःखद् मात्र होइन, नबुझिने कुरा हो,‘ उनले भने। उनले जेल सुधार गृह पनि भएकाले सोहीअनुसार व्यवस्थित हुनुपर्ने बताए।

केसीले रूपन्देही कारागारमा मानवअधिकार आयोगको टोलीले अनुगमन गरेको विषय पनि उठाए। लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रूपन्देही कारागारमा छन्।
केसीले कारागारभित्र न्यूनतम आधारभूत आवश्यकता सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए।

 

प्रकाशित: २७ साउन २०८२ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast