हुलाकी सडक निर्माण ढिलाइमा सांसद मोदी आक्रोशित, संसदमै अनशनको चेतावनी

हिमाल प्रेस २७ साउन २०८२ १४:४७ | Tuesday, August 12, 2025
हुलाकी सडक निर्माण ढिलाइमा सांसद मोदी आक्रोशित, संसदमै अनशनको चेतावनी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आफ्नो माग पूरा नभए संसद्मै अनशन बस्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पटकपटक उठाएको विषय बेवास्ता भएको आरोप लगाए। उनका अनुसार हुलाकी सडकको कटहरी खण्ड निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि अधुरै छ।

मोदीले भने,‘जनताले सडकमा धान रोपाइँ गर्नुपर्ने अवस्था आएको छ। सरकारलाई सभामुखबाट रुलिङ हुनुपर्छ। एउटै कुरा म कति पटक उठाउनुपर्ने? सभामुखबाट रुलिङ नभए म तपाईंको अगाडि अनशन बस्छु।’

प्रकाशित: २७ साउन २०८२ १४:४७ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast