
काठमाडौँ- अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ।
हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा सोमबार बिहान करिब ८ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडकमा बेलुका ७ बजेदेखि पुनः गाडी चल्न थालेका हुन्।
अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएरबीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। जयराम-हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए।
करिब एकसय मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा हटाइएको नगरप्रमुख विमला राईले बताइन्। रासस
प्रकाशित: २७ साउन २०८२ ९:१०
प्रतिक्रिया