राप्रपा नेपाल धनुषामा देवन गोइत

हिमाल प्रेस २७ साउन २०८२ ७:१७
68
SHARES
राप्रपा नेपाल धनुषामा देवन गोइत

काठमाडौँ- राप्रपा नेपाल धनुषा जिल्ला कार्यसमितीको बैठकले देवन गोइतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति पुनर्गठन गरेको छ।

गोइत पार्टी स्थापना कालदेखिकै राप्रपा नेपालका कार्यकर्ता हुन्। उनले ०६२/६३ मा धनुषाको पार्टी अध्यक्षको जिम्मेवारीमा थिए।

यसैगरी केही दिन अघि पार्टी प्रवेश गरेका डा. बालकृष्ण दाहाल,डा. सुदर्शन सुवेदी र अर्थविद प्रकाश थापालाई अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन्।

डा. दाहाललाई शिक्षा विभागको प्रमुख र डा.सुवेदीलाई प्रशिक्षण विभागको सदस्यको रुपमा जिम्मेवारी दिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: २७ साउन २०८२ ७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast