
खोटाङ- अविरल वर्षाका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान करिब ८ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका ७ बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो।
अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएरबीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरू आ-आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए। जयराम-हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै रोकिएका थिए।
करिब १०० मिटर जति सडक पुर्ने गरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।