खेमनाथ दाहालको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक

हिमाल प्रेस २६ साउन २०८२ ११:५३
8
SHARES
खेमनाथ दाहालको गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौँ- महाकाव्यकार खेमनाथ दाहालको देशभक्ति गीत ‘बुद्ध देश नेपाल’ विमोचन भएकाे छ । काठमाडौँमा कार्यक्रम गर्दै गीत विमोचन गरिएको हो।

संगीतकार सन्तोष श्रेष्ठको स्वर रहेको गीतमा उनले नै संगीत भरेका छन्। गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो।

राजु कार्कीको संगीत संयोजन, प्रकाश मिश्रको सम्पादन रहेको गीत अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो।

गीतको भिडियोमा नेपालको प्राकृतिक सौन्दर्य, मठमन्दिरलाई सुन्दर ढंगले कैद गरिएको छ। साथै भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसालको अभिनय छ।

भिडियो राजन खरेलले छायांकन र सम्पादन गरेका हुन्। भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

कार्य्रकममा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइराला, पत्रकार तथा लेखक पुरुषोत्तम दाहालको सहभागितामा गीतको भिडियो विमोचन गरियो।

श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका प्रस्तुत गर्न आफूले धेरै मेहेनेत गरेको संगीतकार तथा गायक श्रेष्ठले सुनाए। आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जाँदा यो गीत तयार भएको उनको भनाइ थियो। उनले श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी दिए।

महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा गाली र ताली दुबै पाएको बताए। कार्यक्रममा उनले भारतका केही ठाउँमा पुग्दा यो कृतिका विषयमा अनावश्यक झन्झट बेहोर्नु परेको पनि सुनाए।

श्वेतपत्रको चर्चा गर्दै साहित्यकार डा.अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदीबहिनीको संवादलाई प्रस्तुत गरेको बताइन्।

यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पटक श्वेतपत्र महाकाव्य पढेको बताए। उनले लेखक दाहालका अन्य धेरै कृति भन्दा श्वैतपत्र अब्बल रहेको धारणा राखे।

महाकाव्यकार दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जली’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ र भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ लगायत कृति प्रकाशित छन्।

कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा.बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, डा.अंकुर दाहाल, साहित्यकार रमेश दाहाललगायतको उपस्थिति थियो।

यस्ताे छ गीत

प्रकाशित: २६ साउन २०८२ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast