गाजालाई नियन्त्रणमा लिने इजरायली योजनाविरूद्ध जेरूसेलममा प्रदर्शन

हिमाल प्रेस २५ साउन २०८२ १५:४३ | Sunday, August 10, 2025
गाजालाई नियन्त्रणमा लिने इजरायली योजनाविरूद्ध जेरूसेलममा प्रदर्शन

काठमाडौँ- गाजा सहरमाथि नियन्त्रण गर्ने इजरायलको योजनाविरूद्ध जेरूसेलममा विरोध प्रदर्शन भएको छ। गाजा सिटीमाथि नियन्त्रण गर्ने इजरायली प्रधानमनन्त्री बिन्यामिन नेतान्याहूको योजनाविरूद्ध प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले बन्धकहरूको समर्थन गर्दै प्रधानमन्त्री नेतान्याहूको सरकारी निवासतर्फ मार्च गरेका थिए।

प्रदर्शनमा सहभागी इजरायलका पूर्वसैनिक म्याक्स क्रेशले ‘म अस्वीकार गर्छु’ लेखिएको प्लेकार्ड बोकेका थिए। आफूहरूले देशका लागि युद्ध लडे पनि नेतान्याहूको राजनीतिक युद्ध स्वीकार गर्न नसकिने उनले बताएको बीबीसीले उल्लेख गरेको छ।

इजरायलका तेलअभिभ, हैफालगायतका सहरहरूमा पनि यस्तै विरोध प्रदर्शन भएको बताइएको छ।

इजरायलको यो योजनाबारे संयुक्त राष्ट्रसंघसहित बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्की, जर्मनी, फिनल्यान्ड र क्यानडासहितका मुलुकहरूले आलोचना गरेका छन्। संयुक्त राष्ट्रसंघले चेतावनी दिँदै इजरायलको यो कदम गाजामा रहेका इजरायली बन्धक र प्यालेस्टिनी मानगरिक दुवैका लागि ‘विनाशकारी’ परिणाम ल्याउन सक्ने जनाएको छ।

प्रकाशित: २५ साउन २०८२ १५:४३ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast