शिक्षक-विद्यालय कर्मचारीमैत्री शिक्षा ऐनका लागि आन्दोलन अपरिहार्य : अध्यक्ष तिवारी

हिमाल प्रेस २३ साउन २०८२ ७:३५
160
SHARES
शिक्षक-विद्यालय कर्मचारीमैत्री शिक्षा ऐनका लागि आन्दोलन अपरिहार्य : अध्यक्ष तिवारी

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षक तथा विद्यालय कर्मचारीमैत्री विद्यालय शिक्षा ऐनका लागि आन्दोलन अब अपरिहार्य भएको बताएका छन्। उनले आन्दोलनलाई अघिल्ला धोका र अपूर्ण सहमति कार्यान्वयनका सवालसँग जोड्दै विद्यालय पूर्ण रूपमा बन्द गर्नेगरी अघि बढ्नुपर्ने धारणा राखेका छन्।

तिवारीका अनुसार अघिल्लो चरणमा शिक्षक नेताहरूबाट विद्यालय कर्मचारीले धोका खेपेका थिए जसको पुनरावृत्ति हुन नदिनेगरी निर्णायक कदम चाल्नुपर्ने बेला आएको छ। उनले आन्दोलनका क्रममा धेरै रस्साकस्सीपछि भएको सहमति कार्यान्वयनमा ढिलासुस्ती गर्नु सरकारको ‘बैमानी र लज्जास्पद’ कार्य भएको आरोप लगाए।

उनले दुई मुख्य दलले सरकार सञ्चालन गरिरहेका बेला प्रमुख सचेतकहरूले नै पत्रकार सम्मेलन गरेर गरेका निर्णय कार्यान्वयन गर्न नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे। ‘आवश्यक परेको बेला विभिन्न निर्णय गर्न सक्नेहरू कर्मचारीको हकमा भने मौन बस्नु निन्दनीय हो,’ तिवारीले भने।

अध्यक्ष तिवारीले शिक्षक महासंघका पदाधिकारी र आन्दोलन समितिलाई वर्तमान परिस्थिति नियालीकन निर्णय गर्न आग्रह गर्दै ट्रेड युनियन आन्दोलन कहिल्यै पछाडि हट्ने प्रकृतिको नहुने स्मरण गराए। ‘धोका भयो भनेर पछि हट्ने हो भने उपलब्धि सम्भव छैन, एकजुट हुने विकल्पमात्र बाँकी छ,’ उनले चेतावनी दिए।

प्रकाशित: २३ साउन २०८२ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast