
हेटौँडा- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बानियाँलाई हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।
मुख्यमन्त्री बानियाँले एमालेबाट ६ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
प्रकाशित: २० साउन २०८२ १७:२७
प्रतिक्रिया