निर्मला पन्तको हत्या अनुसन्धान नयाँ शिराबाट सुरु गर्न सिआईबीलाई गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस १८ साउन २०८२ १६:४१
26
SHARES
निर्मला पन्तको हत्या अनुसन्धान नयाँ शिराबाट सुरु गर्न सिआईबीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान सुरु गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई निर्देशन दिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) कार्यालयको आज निरीक्षणका क्रममा गृहमन्त्री लेखकले ‘निर्मलाको हत्या लगायत ब्युरोले हेर्दै आएका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिनुपर्ने’ निर्देशन दिए। उनले नेपाल प्रहरीभित्र सिआईबीप्रति जनताको भरोसा बढेकाले त्यसलाई अझ मजबुत पार्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।

गृहमन्त्री लेखकले सीमित स्रोतसाधनबीच पनि सिआईबीले उल्लेखनीय कार्यसम्पादन गर्दै आएकोमा बताउँदै मन्त्रालय सिआईबीलाई साधनस्रोत र प्रविधिमा सशक्त बनाउन प्रतिबद्ध रहेको बताए।

उनले पछिल्ला दिनमा मुलुकभर वित्तीय अपराधको दर बढ्दै गएकाले त्यस नियन्त्रणका लागि ‘वित्तीय अपराध अनुसन्धान महाशाखा’ गठन गरिएको जानकारी दिए।

साथै प्रहरीप्रतिको विश्वास बढ्दै गएकाले देशभर प्रहरी चौकीको माग बढेको बताउँदै चालु आर्थिक वर्षमा प्रहरीले विगतको तुलनामा बढी बजेट पाएको पनि बताए।

कार्यक्रममा सिआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले ब्युरोको कार्यसम्पादन, सफल अनुसन्धान, र सामना गरिरहेका चुनौतीबारे जानकारी दिएका थिए।

प्रहरी महानिरीक्षक दीपक थापा, सिआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतका उच्च प्रहरी अधिकारीहरूको समेत कार्यक्रममा उपस्थिति थियो।

प्रकाशित: १८ साउन २०८२ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast