इतिहासमा आज : अगस्ट ३ मा कहाँ के भएको थियो?

हिमाल प्रेस १८ साउन २०८२ १०:४६
4
SHARES
इतिहासमा आज : अगस्ट ३ मा कहाँ के भएको थियो? सन् २०१९ अगस्ट १२ मा खिचिएको तस्बिरमा शोकमा डुबेका व्यक्तिहरू अमेरिकाको टेक्सासको एल पासोस्थित वालमार्ट नजिकै बनाइएको अस्थायी स्मारक स्थलमा। सोही महिनाको ३ तारिखमा भएको सामूहिक गोलीकाण्डमा २३ जनाको ज्यान गएको थियो। फाइल तस्बिर : एपी/रासस

सन् २०१९ मा अमेरिकाको टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २३ जनाको ज्यान गएको थियो। आत्मसमर्पण गरेपछि ती बन्दुकधारीले अनुसन्धानकर्तासँगको बयानमा ‘मेक्सिकन’ हरुलाई लक्षित गरेको बताएका थिए। उनले आक्रमण अघि नै आफ्नो योजना अनलाइनमार्फत सार्वजनिक गरेका थिए।

सन् २०१८ – लास भेगस प्रहरीले २०१७ अक्टोबर १ मा कन्सर्टमा भएको गोलीकाण्डको अनुसन्धान बिना निष्कर्ष अन्त्य गरिएको घोषणा गरेको थियो। उक्त घटनामा ५८ जनाको मृत्यु भएको थियो। स्टेफन प्याडकले होटल कोठाबाट भीडमा गोली चलाएका थिए।

सन् २००४ – सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रणमपछि पहिलो पटक स्वतन्त्रताको मूर्तिको पेडेस्टल पर्यटकहरूका लागि पुनः खोलिएको थियो।

सन् १९८१ – अमेरिकाभरिका हवाई यातायात नियन्त्रकहरूले तलब र कार्यस्थल सुधारको माग गर्दै हडताल गरेपछि राष्ट्रपति रोनाल्ड रेगनले ११ हजार ३४५ श्रमिकलाई सधैँका लागि बर्खास्त गरिदिए।

सन् १९७७ – ट्यान्डी कर्पोरेसनले टीआरएस ८० नामक घरमै प्रयोग गर्न मिल्ने प्रारम्भिक कम्प्युटर सार्वजनिक गरेको थियो।

सन् १९७२ – संयुक्त राज्य अमेरिका र सोभियत संघबीचको एन्टि-ब्यालिस्टिक मिसाइल सन्धिलाई अमेरिकी सिनेटले अनुमोदन गरेको थियो।

सन् १९३६ – जर्मनीको बर्लिन ओलम्पिकमा अमेरिकाका जेसी ओवेन्सले १०० मिटर दौड जित्दै आफ्नो चार स्वर्ण पदकमध्ये पहिलो जित हासिल गरेका थिए।

सन् १९१६ – आयरल्यान्ड स्वतन्त्रताका प्रबल समर्थक तथा बेलायती राजदूत रोजर केस्मेन्टलाई देशद्रोहको अभियोगमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो।

सन् १८५२ – अमेरिकाको पहिलो अन्तरक्याम्पसमा खेलकुद प्रतियोगिताअन्तर्गत हार्वर्डले येललाई हराउँदै हार्वर्ड-येल डुंगा दौड प्रतियोगिता जितेको थियो।

सन् १४९२- क्रिस्टोफर कोलम्बसले स्पेनको पालोसबाट आफ्नो पहिलो यात्रा प्रारम्भ गरेका थिए जुन यात्राले उनलाई अमेरिका महादेशतर्फ पुर्‍याएको थियो।

प्रकाशित: १८ साउन २०८२ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast