इजरायलस्थित नेपाली राजदूत पण्डित र विग्रेडियर जनरल हिर्सबीच भेटवार्ता

हिमाल प्रेस १५ साउन २०८२ २१:३७ | Thursday, July 31, 2025
इजरायलस्थित नेपाली राजदूत पण्डित र विग्रेडियर जनरल हिर्सबीच भेटवार्ता

काठमाडौँ- इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका बन्धक मामिलासम्बन्धी सल्लाहकार गाल हिर्सबीच भेटवार्ता भएको हो।

राजदूत पण्डित र हिर्सबीच तेलविवमा भेटवार्ता भएको हो। करिब डेढ घन्टासम्म भएको बैठकमा मानवीय, कूटनीति र बन्धकका अवस्थाबारे छलफल भएको दूतावासले जनाएको छ। छलफलका क्रममा दुई वर्षअघि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको अवस्थाबारे अझैसम्म कुनै ठोस प्रमाण प्राप्त नभएको विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।

राजदूत पण्डितले विपिनको शीघ्र र सुरक्षित रिहाइका लागि विशेष आग्रह गर्दै इजरायली पक्षसँग निरन्तर समन्वय र सहयोगको अपेक्षा व्यक्त गरे।

त्यस्तै उनले पीडित परिवारका सदस्यहरूलाई अमेरिका वा इजरायलमा ल्याउने सम्भाव्यता, यस सम्बन्धमा उच्चपदस्थ नेताहरूसँगको समन्वय र मानवीय सहयोगका पहलहरूबारे पनि हिर्ससँग कुराकानी गरेका थिए।

प्रकाशित: १५ साउन २०८२ २१:३७ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast