राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले सात बुँदे सहमतिमा पुगेका हुन् : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस १५ साउन २०८२ १४:०६ | Thursday, July 31, 2025
राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले सात बुँदे सहमतिमा पुगेका हुन् : उपप्रधानमन्त्री सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह। फाइल तस्बिर

काठमाडौँ- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारमा देखिएको अस्थिरता र जनगुनासोलाई सम्बोधन गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमति भएको बताएका छन्।

काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै सिंहले सुशासन, स्थायित्व र स्थिर सरकारको आवश्यकता जनताको माग अनुसार आएको भन्दै दुई प्रमुख दलले मिलेर सरकार बनाएको बताए।

‘हामी उपप्रधानमन्त्री, मन्त्री वा सांसद बन्नका लागि राजनीतिमा आएका होइनौं,’ उनले भने, ‘जनताको खोसिएको अधिकार पुनःस्थापना गर्नका लागि हो भने ज्यानसमेत दिन तयार थियौं।’ उनले विगतमा राजनीतिमा लागेकै कारण जेल जानुपर्ने, परिवारसँग टाढिनुपर्ने, निर्वासित जीवन बिताउनुपर्ने अवस्था थियो भने अहिले त्यस्तो जोखिम नरहेको बताए।

मन्त्रिपरिषद् हेरफेरको चर्चा चलिरहेका बेला उनले ६/६ महिनामा सरकार परिवर्तन हुने परिपाटीलाई तोड्न यो गठबन्धन आवश्यक भएको बताए। ‘सरकार बनेदेखि नै जनताले गन्ती गर्न थाल्छन्- सरकारले के गर्‍यो? त्यसैले स्थिरता चाहिन्छ भने वर्तमान गठबन्धन अपरिहार्य थियो,’ सिंहले भने।

उनले कांग्रेस कार्यकर्तालाई विगतको निर्वाचनपछिको अवस्था सम्झन र पार्टीलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए। ‘सात बुँदे सहमति सामान्य विषय होइन। यसलाई कम मूल्यांकन नगर्नुहोस्,’ उनले भने।

प्रकाशित: १५ साउन २०८२ १४:०६ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast