बिहारका मुख्यमन्त्री नीतिशद्वारा पत्रकारहरूको पेन्सनमा उल्लेख्य वृद्धि

हिमाल प्रेस १० साउन २०८२ १९:०४ | Saturday, July 26, 2025
बिहारका मुख्यमन्त्री नीतिशद्वारा पत्रकारहरूको पेन्सनमा उल्लेख्य वृद्धि बिहारका मुख्यमन्त्री नीतिश कुमार

काठमाडौँ- भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले पत्रकारहरूको मासिक पेन्सन रकममा उल्लेखनीय वृद्धि गरेका छन्। बिहारमा हुन लागेको विधानसभा चुनावको मुखमा मुख्यमन्त्री नीतिशले पत्रकारहरूले पाउँदै आएको पेन्सन रकम वृद्धि गरेका हुन्।

अब ‘बिहार पत्रकार सम्मान पेन्सन योजना’ अन्तर्गत त्यहाँका पत्रकारहरूले प्रत्येक महिना ६ हजारको ठाउँमा १५ हजार रुपैयाँ पाउनेछन्।

मुख्यमन्त्री नीतिशले शनिबार सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत यसबारे जानकारी दिँदै भने,‘बिहार पत्रकार सम्मान पेन्सन योजनाअन्तर्गत अब सै पत्रकारहरूलाई प्रतिमहिना १५ हजार रुपैयाँ पेन्सन उपलब्ध गराउने निर्देशन विभागलाई दिइएको छ।’

त्यस्तै पेन्सन प्राप्त गरिरहेका पत्रकारको मृत्यु भएमा उनका आश्रित पति वा पत्नीलाई जीवनभर यसअघि पाउँदै आएको ३ हजारको ठाउँमा मासिक १० हजार रुपैयाँ पेन्सन दिइने पनि उनले स्पष्ट पारेका छन्।

मुख्यमन्त्री नीतिशले भने,‘लोकतन्त्रमा पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। हामी सुरूदेखि नै पत्रकारहरूको सुविधाप्रति प्रतिबद्ध छौँ, ताकि उनीहरूले निश्पक्ष पत्रकारिता गर्न सकुन्।’

प्रकाशित: १० साउन २०८२ १९:०४ | Saturday, July 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast