रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारी दिने बिकको घोषणा

हिमाल प्रेस ९ साउन २०८२ २१:१० | Friday, July 25, 2025
रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवारी दिने बिकको घोषणा

काठमाडौँ- क्रिप्टो कानुनीकरणको एजेन्डा बोकेर हिँडेका किरण बिकले रूपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। भैरहवालाई नेपालको पहिलो क्रिप्टो भ्याली बनाउने योजनासहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।

संसदमा क्रिप्टोसम्बन्धी कानुन निर्माणका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै बिकले क्रिप्टो मुद्दामा जेल परेका वा मुद्दा खेपिरहेका युवालाई न्याय दिलाउने वाचासमेत गरेका छन्।

उनले जारी गरेको विज्ञप्तिमा भैरहवालाई नेपालकै पहिलो क्रिप्टो भ्याली बनाउने योजनासहित यससम्बन्धी कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

उनी विगत ११ वर्षदेखि राजनीति, फिल्म मेकिङ र लेखनमा सक्रिय छन्। उनले आफू खुला समाज, सामाजिक न्याय, अल्पसंख्यक समुदाय, महिला, दलित, मुस्लिम, थारु, मधेसी, अपाङ्गता भएकाहरूको पक्षधर रहेको जिकिर गरेका छन्।
बिकका अन्य योजनाहरूमा भैरहवालाई अन्तर्राष्ट्रिय मनोरञ्जन पर्यटन सहर बनाउने, लुम्बिनी महानगरको अवधारणा कार्यान्वयन गर्ने, व्यवस्थित सहरीकरण, आधुनिक कृषि प्रवद्र्धन, जलवायु परिवर्तनलगायत रहेका छन्।

३१ वर्षे बिक भैरहवाको स्थायी बासिन्दा हुन्। उनी सहर योजनामा स्नातकोत्तर, कानुन र फिल्म मेकिङमा स्नातक गरेका छन्। उनले विभिन्न विकास संस्थामा समेत काम गरेका छन्।

प्रकाशित: ९ साउन २०८२ २१:१० | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast