पाकिस्तानी दूतावासद्वारा ‘आलमी मुसायरा’ को आयोजना

हिमाल प्रेस ८ साउन २०८२ २०:५४ | Thursday, July 24, 2025
पाकिस्तानी दूतावासद्वारा ‘आलमी मुसायरा’ को आयोजना

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले साहित्यिक कार्यक्रम ‘आलमी मुसायरा ः उर्दू, सायरी की जुबाँ’ शीर्षकमा कवि गोष्ठीको आयोजना गरेको छ। दूतावासले साहित्य एकेडमी नेपालको सहकार्यमा कार्यक्रम गरेको हो।

कार्यक्रममा नेकपा एमालेका सांसद अहमद फारूकी र माओवादी केन्द्रकी सांसद कल्पना मिया उपस्थित थिए। कवि गोष्ठीमा राजनीतिज्ञ, बौटिक वर्ग, सामाजिक अभियान्ता तथा पाकिस्तान दूतावासका अधिकारीहरूसहित उर्दू भाषा प्रेमीहरूको समेत उपस्थिति रहेको दूतावासले जनाएको छ।

पाकिस्तान र नेपालबीचको साहित्यिक सम्बन्धलाई उजागर गर्नुका साथै सांस्कृतिक क्षेत्रमा द्विपक्षीय मैत्री सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दूतावासको भनाइ छ।

कार्यक्रमका वक्ताहरूले पाकिस्तान सरकारले संस्कृति र कला प्रवद्र्धनमा गरेको प्रयासको सराहना गर्दै नेपालमा यस किसिमको कार्यक्रम आयोजना गरेर उर्दू भाषालाई प्रवद्र्धन गर्ने कार्यमा पाकिस्तान दूतावासले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तथा लेखक प्रकाश सायमीले उर्दू भाषाको व्यापकता, बहुआयामिक प्रयोगशीलता र विशेष गरी उर्दू कविता तथा सायरीको महत्वबारे प्रकाश पारेका थिए।

प्रकाशित: ८ साउन २०८२ २०:५४ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast