पुष्पलालको विचारलाई अनुसरण गर्न आवश्यक छ : ओली

हिमाल प्रेस ७ साउन २०८२ १८:५४ | Wednesday, July 23, 2025
पुष्पलालको विचारलाई अनुसरण गर्न आवश्यक छ : ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलालका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिएका छन्।

४७ औँ पुुष्पलाल स्मृति दिवसको कार्यक्रममा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी भएको उल्लेख गर्दै समाज बदल्ने सपना बोकेकाहरुले उनको विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिए।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुुनो सोझ्याउने काम पुुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे। उनले समृद्धि नेपाल, सुखी नेपाली र समाजवादलाई ठीक ढंगले परिभाषित गर्ने कामको पृष्ठभूमि पुष्पलालले स्थापित गरेको विचारहरुमा पाइने बताए।

रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो। उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो।

प्रकाशित: ७ साउन २०८२ १८:५४ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast