ढाकाको विद्यालय परिसरमा वायुसेनाको विमान दुर्घटना : १९ जनाको मृत्यु, मंगलबार राष्ट्रिय शोकको घोषणा

हिमाल प्रेस ५ साउन २०८२ १७:५९ | Monday, July 21, 2025
ढाकाको विद्यालय परिसरमा वायुसेनाको विमान दुर्घटना : १९ जनाको मृत्यु, मंगलबार राष्ट्रिय शोकको घोषणा तस्बिर : ढाका ट्रिब्यून

काठमाडौँ– बंगलादेश वायु सेनाको एफ–७ बीजीआई ट्रेनर विमान सोमबार राजधानी ढाकाको दियाबारी क्षेत्रस्थित माइलस्टोन विद्यालय परिसरमा दुर्घटना भएको छ। र्दुघटनामा १९ जनाको ज्यान गएको छ भने कम्तीमा १६४ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकाहरूलाई ढाका मेडिकल कलेज अस्पताल, नेशनल बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मीटोला अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्नलगायतका अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्।

सरकारका कानुनी सल्लाहकार प्राध्यापक आसिफ नजरूरलले दुर्घटनाबारे गम्भीर अनुसन्धान हुने बताएका छन्। उनले सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको जानकारी दिए। घटना विद्यालय बिदा हुन लागेको बेला भएको माइलस्टोन कलेजका प्राध्यापक रेजाउन इस्लामलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

‘एउटा लडाकु विमान सीधै स्कुल भवनमा ठोक्कियो। यसले नर्सरी र तल्लो तहका धेरै कक्षालाई चपेटामा पार्‍यो। स्कुलको मूल गेट पूर्णरूपमा ध्वस्त भयो र आगलागीसमेत भयो,’ उनले भने।

इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईपीएसपीआर) ले जारी गरेको विज्ञप्तिअनुसार विमान सोमबार दिउँसो स्थानीय समय १ ः ०६ बजे उडेको थियो। उडान भएको केही समयमै विमानले नियन्त्रण गुमायो र भुइँमा ठोक्कियो।

प्रकाशित: ५ साउन २०८२ १७:५९ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast