इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, २९ घाइते

हिमाल प्रेस ३ साउन २०८२ १८:३६ | Saturday, July 19, 2025
इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, २९ घाइते

काठमाडौँ– इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर सहरनजिकै दुर्घटना भएको हो।

कावर अस्पतालका निर्देशक मोहसेन अफ्रासियाबीले इरानी सरकारी टेलिभिजनलाई घटनामा भएको हताहतबारे भने, ‘शनिबारको बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

इरानी सञ्चारमाध्यमले एउटा बस पहाडको सडक छेउमा लडेको अवस्थामा खिचिएको तस्बिर सम्प्रेषण गरेका छन्।

इरानको सरकारी समाचार संस्था इर्नाका अनुसार मार्चसम्म एक वर्षको अवधिमासडक दुर्घटनाबाट करिब २० हजार मानिसको मृत्यु भएको छ।-रासस/एएफपी

प्रकाशित: ३ साउन २०८२ १८:३६ | Saturday, July 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast