शिक्षामन्त्री पन्त र इजरायली राजदूतबीच भेटवार्ता, इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालनबारे छलफल

हिमाल प्रेस २ साउन २०८२ २०:५८ | Friday, July 18, 2025
शिक्षामन्त्री पन्त र इजरायली राजदूतबीच भेटवार्ता, इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालनबारे छलफल फाइल तस्बिर

काठमाडौँ- शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपालका लागि इजरायली राजदूत श्मुलिक अरी बासबीच भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत बासले शिक्षामन्त्री पन्तसँग नेपाली कृषि विद्यार्थीहरूको इजरायलमा हुने इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्।

मन्त्री पन्तले इजरायलले नेपालप्रति विभिन्न चरणमा शिक्षा, कृषि, स्वास्थ्यलगायतका क्षेत्रहरूमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै इन्टर्नसिप कार्यक्रम पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन भनेका थिए।

राजदूत बासले सन् २००१ देखि सञ्चालित कार्यक्रममार्फत चार हजारभन्दा बढी नेपाली कृषि विद्यार्थीहरूले इजरायलमा ज्ञान तथा सीप आर्जन गरेको र नेपाल फर्किएपछि कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताएका थिए।

तर, सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि सुरक्षा कारणले कार्यक्रम रोकिएकोमा उनले चिन्ता व्यक्त गरे। त्यो घटनापछि करिब एक हजार विद्यार्थी इन्टर्नसिपको अवसरबाट वञ्चित हुनसक्ने बताएका थिए।

उनले शिक्षा मन्त्रालयसँग विद्यार्थीहरूलाई समयमै विश्वविद्यालय दर्ता गर्ने र इजरायल जान दिन सहयोग पुर्‍याउन आग्रह गरे। भेटमा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित: २ साउन २०८२ २०:५८ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast