‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’

हिमाल प्रेस ३२ असार २०८२ १७:५८ | Wednesday, July 16, 2025
‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’

काठमाडौँ- फिल्म ‘सिटामोल’ को ‘मुटुभित्र खिल छ हजुर’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गीतमा संगीतकार बाबुल गिरीको संगीत र स्वर छ। मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली फिल्ममा बिशेष भूमिकामा डेब्यु गरेका छन्। गीत गोविन्द भट्टले लेखेका हुन्।

गीतको भिडियोमा गायक गिरीसहित फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला र जानुका विश्वकर्मा देखिएका छन्। भिडियोको सुरुवातमा अघिल्लो गीतको टुक्का पनि राखिएको छ। उक्त गीत निकै चर्चित बनेको छ।यो गीत पनि दर्शकले मन पराउनेमा निर्माण टिमको विश्वास छ।

फिल्म आगामी साउन २३ देखि प्रदर्शन हुनेछ। फिल्मले आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको निर्माण टिमले जनाएको छ।

फिल्मका निर्देशक राज बहादुर साने हुन्। प्रदीप भारद्धाजको कथा रहेको फिल्मको पटकथा निर्देशक सानेले नै लेखेका छन्। तुल्सी देवी फिल्म र जुनतारा फिल्म्सको सहकार्यमा बनेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकाश राज जोशी हुन्।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन छ।

प्रकाशित: ३२ असार २०८२ १७:५८ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast