 
                             
                                            काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जनाएको हो।
नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम हुनेछ। नयाँ मूल्य दर बुधबारदेखि लागू हुनेछ।
यसपटक हवाई इन्धन (एटीएफ) र एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
                            प्रकाशित: ३१ असार  २०८२ २१:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 