सुरक्षाको माग गर्दै मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापक आन्दोलित

हिमाल प्रेस २९ असार २०८२ १४:५७ | Sunday, July 13, 2025
सुरक्षाको माग गर्दै मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापक आन्दोलित

सुर्खेत- पेसागत सुरक्षा माग राख्दै मध्यपश्चिम विश्वविद्यालयका आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन्। कर्मचारी नियमावलीअनुसार करारमा नियुक्ति पाउनुपर्ने मुख्य मागसहित प्राध्यापकहरू हप्तादिनदेखि आन्दोलित छन्।

प्राध्यापकहरूका अनुसार विश्वविद्यालय प्रशासनले पहुँच र सिफारिसका आधारमा केही व्यक्तिलाई सिधै करारमा नियुक्त गर्दै आएको बताएका छन्।

‘हामी वर्षौं पढाउँछौं, विश्वविद्यालय चलाउने मेरुदण्डका रूपमा काम गर्छौं तर करार नियुक्तिमा हामीलाई समेटिँदैन,’ आन्दोलित प्राध्यापकले भने, ‘यस्तो विभेदका विरुद्ध बोल्नु नै पर्छ।’

प्राध्यापकहरूले मध्यपश्चिम विश्वविद्यालयको सिनेट बैठक पनि सुर्खेतमै गर्नुपर्ने माग राखेका छन्। तर विश्वविद्यालयले प्रधानमन्त्री तथा कुलपतिको कार्यव्यस्ततालाई कारण देखाउँदै सिनेट बैठक सोमबार काठमाडौँमा गर्न लागेको बताइएको छ।

प्रकाशित: २९ असार २०८२ १४:५७ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast