शिक्षा ऐन प्रक्रियागत रूपमा अघि बढिरहेको छ : शिक्षामन्त्री पन्त

हिमाल प्रेस २६ असार २०८२ १६:४८ | Thursday, July 10, 2025
शिक्षा ऐन प्रक्रियागत रूपमा अघि बढिरहेको छ : शिक्षामन्त्री पन्त

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी ऐन प्रतिनिधिसभाबाट पारित भइसकेपछि मात्रै राष्ट्रिय सभामा औपचारिक छलफल सुरु हुने बताएका छन्।

राष्ट्रिय सभाको अठारौँ अधिवेशन, २९औँ बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायन कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन (२०८१) माथिको छलफलका क्रममा सांसदहरूले शिक्षा विधेयकबारे चासो उठाएपछि मन्त्री पन्तले यस्तो बताएका हुन्।

‘हामीले विद्यालय शिक्षासम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गरेर राष्ट्रिय सभामा गइसकेपछि त्यसमाथिको छलफल आरम्भ गर्छौं,’ मन्त्री पन्तले भने, ‘त्यसलाई पूर्णता दिएर पुनः प्रतिनिधिसभामा पठाउनका लागि मन्त्रालय तयारीरत छ।’

उनले मन्त्रालय विधेयक प्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिँदै शिक्षा क्षेत्र सुधारका लागि ऐन निर्माण आवश्यक र जिम्मेवार कार्य भएको बताए।

प्रकाशित: २६ असार २०८२ १६:४८ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast