दुर्गेश थापाको गीत युट्युब ट्रेन्डिङ दुईमा

हिमाल प्रेस २६ असार २०८२ १३:२९ | Thursday, July 10, 2025
दुर्गेश थापाको गीत युट्युब ट्रेन्डिङ दुईमा

काठमाडौँ- गायक दुर्गेश थापाको ‘जाने भए जाम माया’ बोलको गीत युट्युबको ट्रेन्डिङ दुईमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङमा परेको हो।

बिहीबार दिउँसोसम्म गीतले साढे १६ लाख भ्युज बटुलिसकेको छ। साथै साढे १६ हजार दर्शकले गीतबारे सकारात्मक प्रतिक्रिया दिएका छन्। गीतको भिडियोमा देखिएका दुर्गेश थापा, भ्लगर सिसन बनियाँ र ‘भाइरल’ गुराँस नानीको सहकार्यलाई दर्शकले रूचाएका छन्।

शिव बि.कको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियो हरि हुमागाईं र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।

गीतको शब्द, संगीत र संगीत संयोजन गायक दुर्गेशले नै तयार गरेका हुन्। गायनमा भने दुर्गेशसहित सिसन बानियाँ र अल्हाजी गेरोले गाएका छन्।

यस्तो छ गीत

प्रकाशित: २६ असार २०८२ १३:२९ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast