पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

हिमाल प्रेस २६ असार २०८२ १०:३८ | Thursday, July 10, 2025
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

वीरगन्ज- पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ।

एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगन्ज महानगर-११ रानीघाटका नौ वर्षे बालक बजरंगी रौनियारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो। प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए।

उनले भने, ‘अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ।’

प्रकाशित: २६ असार २०८२ १०:३८ | Thursday, July 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast