भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

हिमाल प्रेस २५ असार २०८२ १९:४७
18
SHARES
भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

काठमाडौँ– भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटना हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ।

राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो।

भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ, ‘सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै पाइलटहरूले ज्यान गुमाउनुभएको छ। यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन।’

दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ।- रासस/सिन्ह्वा

प्रकाशित: २५ असार २०८२ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast