बेलीब्रिज उद्घाटन गर्न हिँडेका प्रधानमन्त्री ओली सुर्खेतमै रोकिए

हिमाल प्रेस २२ असार २०८२ १५:२९
44
SHARES
बेलीब्रिज उद्घाटन गर्न हिँडेका प्रधानमन्त्री ओली सुर्खेतमै रोकिए प्रधानमन्त्री केपी शर्मा ओली र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल

सुर्खेत– कर्णाली कोरिडोरअन्तर्गत हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिजको उद्घाटन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूल मौसमका कारण सुर्खेतमा रोकिएका छन्।

‎‎हुम्ला जाने क्रममा मौसममा खराबी आएपछि प्रधानमन्त्रीको टोली सुर्खेतमै रोकिएको हो। ‎प्रधानमन्त्री ओली बिहान साढे ११ बजेतिर सुर्खेत विमानस्थलमा आइपुगेका थिए।

‎उनीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि हुम्ला जाने कार्यक्रम रहेको छ। हाल प्रधानमन्त्रीसहितको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर पश्चिम हेडक्वार्टर, नेवारेमा आराम गरिरहेको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ।

‎‎हुम्लाको चुवाखोला बेलीब्रिजको उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको थियो। ‎तर, सुर्खेतबाट हुम्ला जाने हवाई मार्ग, विशेष गरी कालिकोट खण्डको मौसममा सुधार नभएपछि प्रधानमन्त्रीको उडान हुन नसकेको हो।

‎‎मौसममा सुधार आउनासाथ प्रधानमन्त्रीको टोली हुम्ला प्रस्थान गर्ने बताइएको छ।

प्रकाशित: २२ असार २०८२ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast