कति छ आजको डलरको भाउ?

हिमाल प्रेस २१ असार २०८२ ६:५०
10
SHARES
कति छ आजको डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइनसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्रा भने सस्तिएका छन्। अस्ट्रेलियन डलरको मूल्य शुक्रबार पनि घटेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ।

आज युरो एकको खरिददर १६० रुपैयाँ ५८ र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा छ। हिजो युरो एकको खरिददर १६० रुपैयाँ ६३ र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा थियो।

आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १० र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ०४ र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ थियो।

कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा थियो।

प्रकाशित: २१ असार २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast