
काठमाडौँ- हलमा आज बिहानदेखि तीन विदेशी फिल्म प्रर्दशन भइरहेको छ। हलिउड फिल्म ‘जुरासिस वल्र्ड : रिवर्थ’, बलिउड फिल्म ‘नाफ्राटेन’ र ‘मेट्रो इन डिनो’। नेपालका सिंगलदेखि मल्टिप्लेक्सका हलमा फिल्मले सो पाएको छ। हलमा अहिले हिन्दी फिल्मकै वर्चश्व छ। नेपालीमा नयाँ फिल्म प्रदर्शन भएको छैन।
कुन फिल्म कस्ताे छ?
‘जुरासिस वल्र्ड : रिवर्थ’ एक्सन एडभेञ्चर, साइन्स फिक्सन र थ्लिर जनराको समीश्रणमा बनेको छ। ग्यारेथ एडवडर््स निर्देशित फिल्ममा स्कारलेट जोहानसन, रूपर्ट फ्रेन्ड, जोनाथन बेलीलगायत कलाकारको अभिनय छ।
बलिउड फिल्म ‘नाफ्राटेन’ को मुख्य भूमिकामा अभिनेता आर्यन कुमार छन्। जय भट्टाचार्जी निर्देशित फिल्ममा आर्यन कुमार, निस्तिक राजन, चन्द्र प्रकाश ठाकुर, मुकेश ऋषि, आदित्य कर्तर्यालगायत कलाकारको अभिनय छ। फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।
त्यस्तै, बलिउड फिल्म ‘मेट्रो इन डिनो’ रोमान्स र ड्रामा जनरामा बनेको फिल्म अनुराग बासुले निर्देशन गरेका हुन्। फिल्ममा पंकज त्रिपाठी,, आदित्य रोय कपूर, सारा अलि खान, अनुपम खेर, अलि फजललगायत कलाकारको अभिनय छ।