दुई सय विद्यार्थी अध्ययनरत लुम्बिनी प्राविधिक विश्वविद्यालयको मनाइयो तेस्रो वार्षिकोत्सव

हिमाल प्रेस १८ असार २०८२ १३:५९
12
SHARES
दुई सय विद्यार्थी अध्ययनरत लुम्बिनी प्राविधिक विश्वविद्यालयको मनाइयो तेस्रो वार्षिकोत्सव

नेपालगन्ज- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्रभावकारी र समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिइएको छ। आज नेपालगन्जमा आयोजित विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव समारोहमा सहभागीहरूले विश्वविद्यालयलाई नेपालगन्जमा स्थापित गर्न नागरिक समाज, सरोकार भएका निकायलगायत सबैको सहयोगबाट समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिएका हुन्।

विश्वविद्यालयको तेस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकासमन्त्री एवं विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सेनाले विश्वविद्यालयलका सबै लाई जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गर्दै यसलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यकता अनुसार परिवर्तन हुँदै जानुपर्ने धारण राखे। उनले ३३ जना विद्यार्थीबाट सुरु भएको विश्वविद्यालय अहिले २०० हाराहारीमा पुगेको जानकारी दिँदै यसले गति समातेकाले यसको व्यवस्थापकीय भूमिकालाई बलियो बनाउनुपर्ने बताए।

कुलसचिव (रजिष्ट्रार) रेगबहादुर भण्डारीले विश्वविद्यालयले प्रदान गरेको विभिन्न शैक्षिक कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीलाई आधुनिक तथा स्मार्ट प्रविधिलगायत क्षेत्रमा विशेषज्ञता प्रदान गरिरहेको बताए। उनले विश्वविद्यालयको पाठ्यक्रममा व्यवहारिक शिक्षा, अनुसन्धान, उद्यमशीलता, विकासलगायत विषय समावेश गरिएको जनाउँदै रोजगारी सिर्जना गर्न तथा नयाँनयाँ प्रविधिमा सक्षम बनाउने प्रयास जारी रहेको बताए।

विश्वविद्यालयका डीन डा.निरज केसीले स्नातक र स्नाताकोत्तर तहमा थप शैक्षिक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिँदै सिभिल इञ्जिनियरिङतर्फ पनि नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताए।

विश्वविद्यालयका उपकुलपति विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यद्वय रत्न खत्री, सिके गुप्ताले नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न साझा प्रयास र समन्वय जरुरी रहेकामा जोड दिए। सूचनाप्रविधि, इञ्जिनियरिङ, कृषि, वन तथा पर्यटनलगायत व्यवहारिक शिक्षा सञ्चालन गर्दै आएको सो विश्वविद्यालय २०७९ असार १८ गते नेपालगन्जमा स्थापना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast